Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


असाेज ३० गते बिहिबार, हेर्नुहाेस तपाईँकाे राशिफल


442
Shares

मेष : समय त्यति अनुकूल छैन । पेटमा समस्या, कार्य नाश, सन्तान कष्ट, धन हानि हुन सक्छ ।

वृष : पूर्वाह्न पैसा प्राप्ति, सफलता, मान–सम्मान तर बेलुकीपख अपच, दौडधूप हुन सक्छ ।

मिथुन : धन नाश, मन अस्थिर भए पनि बेलुकीपख भने मान–सम्मान, उन्नति हुने सम्भावना छ ।

कर्कट : उपहारादि वस्तु प्राप्ति, कार्य सफल होला तर बेलुका खर्च, तनाव हुने देखिन्छ ।

सिंह : धन हानि, स्वास्थ्य बाधा हुन सक्छ तर बेलुका कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

कन्या : मिष्ठान्न भोजन, पारिवारिक सुख होला । बेलुकाको समयमा अस्वस्थ हुने सम्भावना छ ।

तुला : तपाईंका लागि दिन उत्तम छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।

वृश्चिक : पूर्वाह्न राज्यबाट भय होला । बेलुकातिर भने कार्य सिद्धि, सुख, लाभ हुने सम्भावना छ ।

धनु : समय अनुकूल छैन । रोगको भय, कार्य बाधा, आर्थिक नोक्सानी, राज्य भय, अपयश हुन सक्छ ।

मकर : समय ठिक्कै छ । धन लाभ, सम्मान होला तर बेलुका ४ बजेतिरदेखि अस्वस्थता हुन सक्छ ।

कुम्भ : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।

मीन : कार्य नाश, सन्ताप हुन सक्छ । बेलुकीपख भने द्रव्य लाभ, शत्रु विजयको सम्भावना छ ।