Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने संयाेजक दाहालकाे दावी


442
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएकाे छ।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभएकाे हाे । संयोजक दाहालले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको स्पष्ट पार्नुभयाे।

उहाँले भन्नुभयाे,-‘हाम्रो पार्टी नै जेनजी आन्दोलन शुरु हुनु भन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो। जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने र जेनजीमा माग र ऐजेण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको, सरकारमा बसेर जेनजीहरुलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

संयाेजक दाहालले निर्वाचन हुने कि नहुने भन्ने आशंका पैदा नगरी निर्वाचन गराउने गरी भूमिका खेल्न आग्रह गर्नुभयाे । निर्वाचन हुँदैन कि भनेर दोधारमा बस्नु नहुने बताउदै उहाँले निर्वाचन घोषणा गरिसकेका कारुण अब आफ्नाे पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्नेमा जाेड दिनुभएकाे छ।