Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः केपी ओली


442
Shares

काठमाडाैं ।

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिनुभएको छ ।

बुधवारबाट ललितपुरको जावलखेलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी समेत गर्नुभयो । उहाँले मुलुकमा अगुवाई गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो ।

विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कम्जोर हुन्छ छन्ने पुष्टि भयो ।’ अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेको समेत बताउनुभयो ।