
काठमाडौं ।
नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो ।
बुधवारबाट शुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रस्तुत गर्नुहुनेछ ।
सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ । एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भनेपनि मिति तोकेको छैन । केन्द्रिय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।
प्रतिक्रिया दिनुहोस्