
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु भएको छ ।
काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच कृषि सचिव डा. गोविन्दप्रसाद शर्माले साेही एक्स्पोको उद्घाटन गर्नुभएको हो । साेही अवसरमा बोल्दै उहाँले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताउनुभयो । किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवद्र्धनमा जोड दिने नीति ल्याएको पनि उहाँकाे भनाइ छ।
उहाँले भन्नुभयो,-‘कृषि नीतिलाई समयसापेक्ष बनाएका छौं । त्यो पनि हामीले ३, ४ वर्ष लगाएर गरेका हौं । र त्यो नीतिको मूल उद्देश्य भनेको डोमेस्टिक प्रमोशन र नेशनल प्रोटेक्शनमा गएका छौं । अब कुनैपनि किसानहरुलाई हामी अनुमान मात्रै होइन, बजारमा लगेर पनि त्यसलाई राज्यले सुरक्षा दिने काम अब गर्नेछ । बाहिरको बजारबाट प्रोटेक्ट गर्न सकिएन भने त्यो अवस्थामा जति नै उत्पादन भएपनि चुनौती हुन्छ । किसान मर्कामा नै पर्दछन् । त्यसकारण अबको नीतिको मूल विशेषता भनेको त्यसैमा फोकस गरेका छौं ।’
४ दिनसम्म सञ्चालन हुने साेही मेलामा ७० वटा पुष्पका स्टलहरु रहेका छन् । मेलामा ३५ हजार भन्दा बढीले अवलोकन गर्ने र जसले सोही व्यवसायको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्