Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


सुन प्रकरण: पूर्वसभामुख महराविरूद्धको मुद्दामा अदालतमा बयान जारी


195
Shares

काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान जारी रहेकाे छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान जारी रहेकाे हाे । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । महराबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय माग दावी गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

सोही प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।