Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


संसद विघटनविरूद्धको रिट सर्वोच्चमा पेश (पत्रसहित)


2.2k
Shares

काठमाडौं । संसद विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेश भएको छ ।

साेही अदालतमा मंगलबार संसद विघटनसहित ५ वटा रिट पेश भएको हो । वर्तमान सरकार काम चलाउ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु- नगराउनु भन्दै रिट पेश भएको सर्वाेच्च प्रशासनले जनाएकाे छ ।

जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेर आगामी फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएकाे हाे। सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् । प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एक जना निवेदक युवराज पौडेलले बताउनुभयाे ।

सर्वोच्चमा आएका सबै रिट सार्वजनिक सरोकारका विषयमा आधारित छन् । दलगत रूपमा कुनै पनि रिट सर्वोच्चमा नपुगेको स्रोतले जनाएको हाे । दायर भएका रिटउपर सार्वजनिक सुनुवाइको माग गरिएका छन् । साेही रिट दर्ता गर्ने कि नगर्ने भन्ने बारेमा हाल छलफल भइरहेको सर्वोच्च स्रोतले जनाएकाे हाे।