Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


२ वर्ष लामो इजरायल-हमासबीचकाे युद्ध अन्त्य भएको राष्ट्रपति ट्रम्पको घोषणा


728
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो  इजरायल-हमासबीचकाे युद्ध अन्त्य भएको घोषणा गर्नुभएकाे छ।

युद्धविराम सम्झौता अनुसार सोमबार इजरायलले प्यालेस्टिनी कैदीबन्दी बोकेका बसहरू घर फर्काएकाे जनाएकाे हाे। हमासले गजाबाट जीवित २० जना कैदीबन्दीकाे रिहाइ गर्नुका साथै नेपाली विद्यार्थी विपिन जाेशीसहित ४ जनाकाे शव समेत इजरायली रेडक्रसका अधिकारीलाई बुझाएकाे छ। त्यसपछि राष्ट्रपति ट्रम्पले सोही घोषणा गर्नुभएकाे हाे।

बन्धक-बन्दी फिर्ता भएको केही घण्टापछि राष्ट्रपति ट्रम्पले गजापट्टीको भविष्य र व्यापक क्षेत्रीय शान्तिको सम्भावनाकाे बारेमा छलफल गर्न इजिप्टमा मुस्लिम र युरोपेली नेताहरूको बैठक बोलाउनुभएकाे छ। सोही जमघटमा अनुपस्थित रहेका हमास र इजरायल दुवैले अझै आगामी कदमहरूमा सहमति नजनाएकाे समाचार संस्था रोयटर्सले जनाएको छ।

युद्धविरामको पहिलो चरणको सम्झौता अनुसार अमेरिकाले इजिप्ट, कतार र टर्कीसँग मिलेर बन्धक-कैदी-बन्दीहरूको रिहाइका लागि मध्यस्थता गरेको थियो।