
काठमाडाैं । उदयपुरमा ट्याक्टरको ठक्करका कारण पैदलयात्री ७९ वर्षीया तेत्री देवी चौधरीको मृत्यु भएकाे छ।
त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट चौधरीको सोमबार मृत्यु भएको प्रहरीले बताएकाे हाे । साेही दुर्घटनामा परी गम्भीर घाइते भएकी चाैधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी कार्य जारी रहेकाे बताएकाे छ। साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्