Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


सुनकाे मूल्य बढ्याे, प्रतिताेला २ लाख ४० हजार नाघ्याे


325
Shares

काठमाडौं।

नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ ।

चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।