Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


राष्ट्रपति पौडेलकाे स्वास्थ्यमा समस्या जेनजीसँगकाे छलफल सोमबारलाई सारियो


637
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आज तय गरिएको जेनजीको छलफल स्वास्थ्य कारणले दुई दिनपछि सारिएको छ।

बिहान १० बजे सुरु हुने भनिएको बैठक राष्ट्रपति पौडेलको सामान्य स्वास्थ्य समस्याका कारण सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यद्यपि, प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रपति पौडेलले अनौपचारिक छलफल भने जारी राखेका छन्। शीतलनिवासमा आजैका लागि तय गरिएको संयुक्त छलफलमा सहभागी हुन पुगेका जेनजीका केही अगुवाले प्रवेश नपाएको भन्दै गेटबाहिर विरोध जनाएका थिए।