Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो ८ बुँदे माग


7.3k
Shares

–आन्दोलनकारीलाई सुरक्षा र भ्रष्ट नेताको सम्पत्ति राष्ट्रियकरणको प्रस्ताव

काठमाडौं ।
जेनजी युवा प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई ८ बुँदे मागसहितको प्रस्ताव बुझाएको छ।

गत भदौ २३–२४ को आन्दोलनमा सहभागीलाई अभियोजन नगर्न र उनीहरुलाई सुरक्षा प्रदान गर्नुपर्ने माग गरिएको छ। आन्दोलनकारीमाथि राज्य र दलद्वारा गरिएका आक्रमणबाट पनि सुरक्षा दिनुपर्ने उल्लेख छ।

उनीहरुले सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गरी गैरकानुनी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्।

निजामती कर्मचारीलाई जनउत्तरदायी बनाउने, संवैधानिक आयोगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने र प्रत्यक्ष कार्यकारी प्रणाली लागू गरी प्रधानमन्त्री–मुख्यमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्नुपर्ने माग समेत छन्।