Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राष्ट्रपति पौडेलले निर्वाचनबारे सरकार र राजनीतिक दलसँग छलफल गर्दै


1.3k
Shares

काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्न लाग्नुभएकाे छ ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ।

निर्वाचन मिति फागुन २१ गते तय भइसकेको भए पनि सरकार संवादमा नउत्रिएको भन्दै दलहरूले प्रश्न उठाइरहेका छन्। बिहीबार प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेर दलहरूसँग संवाद गर्न आग्रह गर्नुभएकाे थियाे।

त्यसको आधारमा राष्ट्रपतिले आजको छलफलमा सरकार र विघटित प्रतिनिधि सभाका दलहरूलाई बोलाउनुभएकाे छ । छलफलमा दलका दोस्रो तहका नेताहरू सहभागी हुने छन्।