Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


सरकारले बनाएको नक्कली आयोगको प्रतिवेदन स्वीकार्य छैन: अध्यक्ष ओली

राजनीतिक दलका नेताकाे सम्पत्ति छानबिन १० पटक गर्न ओलीकाे आग्रह

1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई नक्कलीको संज्ञा दिनुभएकाे छ।

एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो संज्ञा दिनुभएकाे हाे। उहाँले राजनीतिक दलका नेताहरुकाे सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन १० पटक गर्न समेत आग्रह गर्नुभएकाे छ। मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ भन्दै प्रश्न गर्दै उहाँले गजबको ड्रामा गरिएको बताउनुभयाे

उहाँले भन्नुभयाे,- ‘सरकारले बनाएकाे नक्कली आयोगको प्रतिवेदन यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार्य छैन। आयोगको प्रतिवेदन नमान्ने, ‘के गर्नुस् गर्नुस्।’ एमाले चिचिपट खेलेर नआएको बताउदै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बध्यक्ष ओलीकाे दावी छ।