Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


कार्की नेतृत्वकाे सरकार विरूद्ध माईतीघरमा प्रदर्शन, निकोलस र सञ्जीवसहित १६ जना पक्राउ (तस्बिरसहित)

सुरक्षा व्यवस्थापनमा कडाई

1.5k
Shares

काठमाडाैं । जेनजी युवाहरुका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे सरकार विरुद्ध प्रदर्शन गर्न माईतीघरमा पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माईतीघर मण्डलामा बिहीबार बिहान जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा डा. निकोलस भुसाल र सञ्जीव दाहालसहित १६ जना रहेका छन् । उनीहरु जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार-बेथिति विरुद्ध कुनै कदम नचालेको र जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका थिए।

प्रहरीले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेकाे हाे । जेनजीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरु बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।