Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कतिमा हुँदैछ काराेबार ?


2.4k
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाला सुन मूल्यलेले हालसम्मकै नयाँ रेकर्ड कायम गरेकाे छ।

सुनकाे मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले बढेर २ लाख ४० हजार नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउकाे हाे। छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

बुधबार सुन प्रतितोलामा २ लाख ३८ हजार रुपैयाँमा काराेबार भएको थियाे । त्यस्तै, तेजाबी सुन भने बिहीबार प्रतिताेला १ लाख रुपैयाँमा काराेबार भइरहेकाे हाे।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार ३ हजार ३५ रुपैयाँ पुगेको छ । चाँदी बुधबार तोलामा २ हजार ९ सय ५५ रुपैयाँमा काराेबार भएकाे थियाे ।