Logo २३ आश्विन २०८२, बिहिबार | Thu Oct 9 2025


मन्त्री घिसिङसहितको टोली आज वीपी राजमार्गमा अनुगमन गर्न जाँदै


299
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङ वीपी राजमार्गको पछिल्लाे अवस्थाकाे बारेमा अवलोकन गर्न काभ्रेमा जानुहुने भएकाे छ।

मन्त्री घिसिङ बिहीबार बाढी-पहिरोका कारण क्षतविक्षत बनाएको साेही सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न काभ्रे जान लाग्नुभएकाे हाे । मन्त्री घिसिङसहितकाे टाेलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत पनि रहने जनाइएकाे छ।

यहि असोज १७, १८ र १९ गतेको वर्षासँगै आएकाे बाढी-पहिरोका कारण वीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध भएको छ । कुनै-कुनै ठाउँमा पैदल हिँड्ने समेत बाटो नहुँदा सर्वसाधारणले सास्ती खेपेका छन् ।

उनीहरु भीरको पहरो समाउँदै जोखिमपूर्ण तरिकाले हिँडेको फोटो-भिडियो समेत सार्वजनिक भएको थियो ।