Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


हमासकाे कब्जामा रहेका विपिन जोशीकाे बन्धक बनेको भिडियो क्लिप सार्वजनिक


2k
Shares

काठमाडाैं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ।

जोशीको परिवारले बुधबार राति सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेकाे समयमा खिचिएको उनको भिडियोको एक अंश भिडियो क्लिप सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो । जुन भिडियो सन् २०२३ अक्टोबर ७ तारिखमा किबुट्ज अलुमिममा भएको आक्रमणमा अपहरण भएको केही समयपछि खिचिएको थियो।

इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई सन् २०२३ अक्टोबर ७ तारिखमा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। जाेशीको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर बुधबार सार्वजनिक गरिएकाे थियो । साेही तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो ।

३३ सेकेण्ड लामो साेही भिडियो क्लिप बुधबार राति सार्वजनिक गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।