Logo २१ आश्विन २०८२, मंगलबार | Tue Oct 7 2025


प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै एमाले सर्वोच्च अदालत जाने तयारीमा


8.6k
Shares

काठमाडौं ।

नेकपा एमालेले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संसद् पुनर्स्थापनाका लागि अदालत जाने विषयमा एमालेभित्र गम्भीर छलफल भइरहेको छ । उनले कांग्रेससँग समन्वयमा अदालत धाउने सम्भावना पनि बताएका छन् ।

गौतमले अदालत जाने मोडेल र समयबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताए । यसअघि भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पनि प्रतिनिधि सभा विघटनको संवैधानिकता न्यायिक परीक्षण हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

एमालेले आठ राजनीतिक दलसँगै यो निर्णयको संवैधानिकता प्रश्नवाचक भएको भन्दै सर्वोच्च अदालतमा परीक्षण गर्नुपर्ने तर्क गरेको छ ।