
पाँचथरको फिदिम नगरपालिका– ११ भिरपानीस्थित फलाटे बस्ने ३९ वर्षीय भुवानी आङ्बोको लडेर मत्यु भएको छ ।
घरबाट गाउँ जाने क्रममा अचानक गोरेटो बाटोबाट लडी बाटोदेखि करिब ३० मिटर तल झरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
प्रहरी टोली खटाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्