Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, ताेलाकाे २ लाख ३३ हजार नाघ्याे


624
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।

आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।