Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


काठमाडौं र ललितपुरमा सार्वजनिक बिदा खारेज, आजदेखि कार्यालय नियमित सञ्चालन


2.3k
Shares

काठमाडौं ।

लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिमका कारण घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ।

मौसममा सुधार आएको र जोखिमको अवस्था टरेको ठहर गर्दै काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबार (२०८२ असोज २०) देखि सरकारी कार्यालय र सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएका छन्।

गृह मन्त्रालयको निर्देशनअनुसार, विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूमा सेवा नियमित गर्न भनिएपछि राजधानीका दुई जिल्लामा बिदा खारेजीको निर्णय गरिएको हो।

काठमाडौं प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२/०६/२० सोमबार बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।”