Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बाढी-पहिरो र डुबानका कारण अवरूद्ध सडक छिटै सुचारू हुन्छः मन्त्री घिसिङ


377
Shares

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ ।

उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिकाे बारेमा पत्रकार सम्मलेन मार्फत यस्ताे बताउनुभएकाे हाे । बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयाे।

मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएकाे छ। उहाँले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनुभयो ।

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाइसकेको समेत बताउनुभएकाे छ।