Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नेपालबाट वर्षा गराउने न्यून चापीय प्रणाली बहिरियाे (विज्ञप्तिसहित)


5.3k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसाे एक प्रेस विज्ञप्ति जारी गर्दै याेसँगै मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको बताउनुभएकाे हाे । तर पूरै मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको भने नियमित अनुगमन भइरहेको उहाँको भनाइ छ ।

उहाँल‍े असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको बताउनुभयाे । सोही अवधिमा २४ घण्टे अवधिभित्र सबै भन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३ सय ५८ मिलिमिटर मापन गरिएको छ।

त्यस्तै, पर्साको मुडली केन्द्रमा ३ सय २८ दशमलव ६ मिलिमिटर, इलामको हिमाली गाउँ केन्द्रमा ३ सय ३२ दशमलव ६ मिलिमिटर, कन्यामटी स्टेटमा ३ सय १४ दशमलव २ मिलिमिटर र गौर केन्द्रमा ३ सय १५ मिलिमिटर वर्षा भएको जारि विज्ञप्तिमा उल्लेख गरिएको छ।