Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


बाढी-पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ४९ जना पुग्याे,२० घाइते, ७ बेपत्ता (विवरणसहित)


1.2k
Shares

काठमाडौं । देशैभरी शुक्रबार र शनिबार निरन्तर रुपमा परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिराेमा परी मृत्यु हुनेकाे संख्या ४९ जना पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार आइतबार दिउँसो साढे १ बजेसम्म २० जना घाइते भएका हुन् । जसमध्ये कोशी प्रदेशका जिल्लाहरूमा मृत्यु हुनेको संख्या सबै भन्दा बढी रहेकाे छ । इलाममा मात्रै ३७ जनाकाे मृत्यु भएकाे हाे । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ।

त्यस्तै, रौतहटमा ३ जनाकाे बाढीमा परी मृत्यु भएकाे हाे । प्रहरीले इलाममा १ , बारामा १ , रसुवामा ४ र काठमाडौंमा १ गरी कूल ७ जना बेपत्ता भएकाे बताएकाे छ।