Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


सञ्चार सम्पर्क अवरूद्ध भएमा तत्काल मन्त्रालयमा खबर गर्न सञ्चारमन्त्री खरेलकाे आग्रह


13
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार सम्पर्क अवरुद्ध भए तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गर्नुभएकाे छ।

मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशका अधिकांश भू-भागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको र नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो । त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्र्पक गर्न अनुरोध गरेको हो ।

सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच शनिबार भएको छलफलले यस कठिन घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदरुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ । मन्त्री खरेलले तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टिम तयारी अवस्थामा रहेको पनि बताउनुभएकाे छ ।