
काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली रहेको जनाएको छ ।
केही महिना अघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद सचिवालयले प्रकाशन गरेको हाे । जसमा ११ सय बढी नेपाली विदेशी जेलमा रहेको उल्लेख गरिएकाे छ। जसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको मन्त्रालयले जनाएकाेछ ।
विदेशि जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत मन्त्रालयले खुलाइएको छैन । विदेशी जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्