Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


बडा दशैंको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी


455
Shares

काठमाडौं । बडा दशैंको टीकाको दोस्रो दिन शुक्रबार पनि टीका लगाउने क्रम जारी रहेकाे छ।

बडा दशैंकाे दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाएपछि शुक्रबार पनि आफन्तकोमा टीका लगाउन जाने क्रम जारी रहेकाे हाे । दशैंघर वा पूजा कोठामा ९ दिनसम्म पूजाआराधना गरिएको प्रसाद बिहीबार लगाएपछि शुक्रबार अन्य आफन्तकामा जानेले बजारमा चहलपहल बढेको छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी बडा दशैंको टीका लगाइन्छ।आश्विन शुक्ल बडा दशैंका दिनमा मनाइने पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाइएको हो।

बिहीबार टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बली पूर्ति नभएसम्म मान्यजनकाे हातबाट टीका ग्रहण गर्न सक्ने भएका छन्।