
काठमाडौं । सबै प्रदेशमा साधारणतया बुधबार दिउँसो मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघ- गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडको केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
त्यस्तै, बुधबार राति भने सबै प्रदेशमा साधारणतया बदली हुने भएको हो। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो । सतर्कता अपनाउन महाशाखाले अनुराेध समेत गरेकाे छ।
बुधबार बिहान भने देशैभरी मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको थियो।
प्रतिक्रिया दिनुहोस्