Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


पाकिस्तानमा आत्मघाती आक्रमण हुँदा १० जनाको मृत्यु, ३० घाइते


1.2k
Shares

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी मंगलबार गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्यमन्त्री बख्त मुहम्मद काकरले बताउनुभएकाे हाे । स्थानीय समय अनुसार मंगलबार बिहान साेढे११ बजे प्रान्तीय राजधानी क्वेटामा आक्रमण भएको थियो । एक आतंककारीले फ्रन्टियर कोप्र्स मुख्यालयको बाहिरी पर्खालमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएका थिए ।

परिसरमा घुसपैठ गर्ने बित्तिकै आक्रमणकारीहरूलाई सुरक्षा बलले द्रुत प्रतिशोधात्मक कारबाहीमा गोली हानी मारेको थियो । घाइतेहरूलाई क्वेटाको सिभिल अस्पतालमा सारिएको छ । जहाँ धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।