Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


कञ्चनपुरमा सर्पदंशका कारण ३ वर्षीय बालकको मृत्यु


546
Shares

काठमाडाैं । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट ३ वर्षीय बालकको मृत्यु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्थानीय डम्बर पनेरुका ३ वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको जनाएकाे हो। आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

साेमबार राति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले बताएको छ।