Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


काठमाडौं उपत्यकाबाट दशैं मनाउन गाउँ फर्किने क्रम जारी


312
Shares

काठमाडाैं । नेपालीहरुको महान पर्व बडा दशैंको टीका लगाउन गाउँ फर्किने क्रम जारी रहेकाे छ ।

मंगलबार महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ। आम नागरिकहरु गाउँ फर्किनका लागि सडकमा उभिएर बसेका छन् । यस वर्ष विजया दशमीको शुभ साईतको टीका यहि असोज १६ गते परेको छ। जसकारण पनि काठमाडौं उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाएर बसेकाहरु गाउँ फर्किनकाे चाप रहेकाे हाे।

काठमाडौंको कोटेश्वर र जडिबुडी लगायत सडकहरुमा मानिसहरु गाडी कुरेर बसेका छन् । महानवमी अर्थात बुधबारसम्मै काठमाडौंबाट आफन्तजनका साथे आफू भन्दा ठूला बडाको हातबाट दशैंको टीका लगाउन र आशिर्वाद थाप्न जानेको संख्या उल्लेख्य हुने गर्दछ ।