
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको भन्ने गुनासाे आएपछि अनुसन्धान शुरु गर्नुभएकाे छ।
मन्त्री पुनले शिक्षकहरूले दशैं र तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि अनुसन्धान शुरु गरेको बताउनुभएकाे हाे । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको बताउदै उहाँले यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गरेकाे र सोही बेथितिको समाधानको उपाय खोजिरहेकाे बताउनुभयाे ।
तलब नपाएको भनेर सबै भन्दा बढी गुनासो मधेश प्रदेशबाट आएको मन्त्री पुनकाे भनाइ छ । वर्ष दिनमा आउने दशैंं-तिहार र छठ पर्व जस्तो महान पर्वको समयमा पनि पालिकाले ढिलासुस्ती गरेकाेप्रति उहाँले आपत्ति जनाउनुभयाे ।
अनेक बहाना देखाएर शिक्षकलाई तलब नखुवाएर ५ सय भन्दा बढी गुनासो आफूलाई फोनबाट र इमेलबाट आएकाे मन्त्री पुनले बताउनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्