Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


जेनजी आन्दोलन: घाइते भएका व्यक्तिको पहिचानका लागि परिचयपत्र दिने सरकारकाे निर्णय


78
Shares

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आइतबार जानकारी गराउनुभएकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाएको छ ।

प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलको भनाइ छ। जेनजी क्लिनिकमार्फत सहज र नि:शुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय समेत सरकारले गरेको हाे।