Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सरिफा त्यसै खेर जाँदै


0
Shares

धनकुटा, असोज ५ । धनकुटामा उत्पादन हुने सरिफा फल त्यसै खेरजाने गरेको छ ।

धनकुटा नगरपालिका वडा नं. ८ स्थित टेकुनाला, थाक्ते, सान्ताङ्ग लगायतको गाउँमा यो फल बढीमात्रमा उत्पादन हुने गरेको छ । तर स्थानीय बासिन्दाले बिक्री गर्न चासो नदिंदा बोटमै खेर जाने गरेको छ ।

यो फल प्रतिकिलो ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । सरिफा प्रशस्त फल्ने भए पनि घरायसी र खेतबारीको कामले गर्दा बजारमा बेच्न जान नभ्याएको किसान बताउँछन् ।

यो फलको व्यावसायिक खेती गरेमा यसबाट विभिन्न परिकारका साथै वाईनसमेत बनाउन सकिने छ ।