Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


डाटा सेन्टरमा आगलागीपछि नागरिक एपको लाइसेन्स सेवा बन्द


3.2k
Shares

काठमाडौं । नागरिक एपमार्फत उपलब्ध हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा अवरुद्ध भएकाे छ ।

नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको डाटा सेन्टरमा तोडफोड र आगजनी भएपछि सम्पूर्ण प्रणाली क्षति पुगेर सेवा रोकिएको नागरिक एपले जनाएको छ ।

डाटा सेन्टर नष्ट भएपछि नागरिक एपमा प्रयोग गर्न सकिने चालक अनुमतिपत्रसम्बन्धी सेवाहरू हाललाई प्रयोग गर्न सकिने अवस्था नरहेको सूचनामा उल्लेख छ । पछिल्लो समय नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउने सुविधा रहेको थियो ।

डाटा सेन्टर जले पनि प्रयोगकर्ताका तथ्यांकहरू (ब्याकअप) सुरक्षित रहेको यातायात व्यवस्था विभागले यसअघि नै जानकारी गराइसकेको छ ।