Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व सुरु


0
Shares

काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ ।

आज बिहान ८ बजेर ५ मिनेटको शुभ–साइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने चलन रहँदै आएको छ ।

सँधैझै केन्द्रीय मानन्धर संघको अगुवाइमा यस बर्ष पनि हनुमानढोकामा लिंगो ठड्याइएको हो । तत्कालीन शाह वंशीय राजा रणबहादुर शाहको पालादेखि इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन ३६ हात लामो लिंगो ठड्याउने चलन सुरु भएको मानिन्छ ।

आजैबाट इन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु भएको छ । एक सातासम्म चल्ने इन्द्रजात्राको मूख्य दिन कुमारी घरबाट काठमाडौं तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ ।

उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ ।