
काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरु गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो । प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूकाे बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पार्नुभएकाे छ।
आन्दोलनको क्रममा तोड्फोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको समेत उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्