
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठक बिहीबारदेखि शुरू भएको छ ।
काठमाडाैंमा रहेकाे प्रज्ञा भवन कमलादीमा बसेको साेही बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनितिक एवं संगठनात्मक प्रस्ताव पेश गर्नुभएकाे हाे । उहाँले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव समेत राख्नुभएकाे छ। त्यस्तै, उहाँले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका हुन् ।
यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको बताउदै उहाँले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने समेत बताउनुभएकाे छ। जेनजी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन शुरू भएको बैठकलाई सम्बोधन गर्दै उहाँले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताउनुभयाे ।
अध्यक्ष दाहालले राखेको राजनितिक एवं संगठनात्मक प्रस्तावमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरि छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्