Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


अमेरिका आईसीसी निलम्बनमा


0
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेट (यूएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ ।

आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण आईसीसी बोर्डको भर्चुअल बैठकले अमेरिकालाई निलम्बन गरेको हो । तर, यो निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप वा २०२८ को लसएन्जेलस ओलम्पिक खेलमा अमेरिकाको सहभागितामा भने असर पार्नेछैन ।

यसअघि गएको जुलाईमा आईसीसीको वार्षिक साधारणसभामा यूएसएसीलाई तीन महिनाभित्र स्वतन्त्र र निष्पक्ष चुनाव गराउन र व्यापक सुशासन सुधारका लागि आग्रह गरेको थियो ।

तर, यसतर्फ थप प्रगति नदेखिएपछि निलम्बनको निर्णय भएको हो । योसँगै अस्थायी रूपमा अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापन र प्रशासन आईसीसीले नै हेर्ने भएको छ ।