काठमाडाैं । नेपाल डेरी एशाेसिएसनले हाँडिगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा सेन्ट जर्ज विद्यालयमा विश्व स्कूल दूध दिवस कार्यक्रम सम्पन्न गरेकाे छ।
काठमाडौंमा बुधबार एशाेसिएसनले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता विद्यार्थीहरुलाई दूध पान गराएर कार्यक्रम सम्पन्न गरेकाे हाे । साेही कार्यक्रममा नेपाल डेरी एशाेसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश सन्जेल, कुल प्रसाद धमला, चेतनाथ दाहाल (केदार) नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, डेरी एशाेसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेल, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे, महासचिव श्रीकृष्ण भण्डारी र रोटरी क्लब अफ कपनका पदाधिकारीहरू लगायतका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एशाेसिएसनले नेपालमा विश्व स्कूल दूध दिवस सन् २०१६ देखि मनाउन शुरु गरेको हो । यस वर्ष “बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य” भन्ने नाराका साथ देशैभरी एशाेसिएसनका प्रदेश र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । साेही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरु गर्न आग्रह गर्नुभएकाे छ।
त्यस्तै, प्रमुख अतिथि श्रेष्ठले विश्व स्कूल दूध दिवस विश्वभरी बालबालिकाले दूध सेवन गर्नबाट वञ्चित हुन नपरोस् भनेर मनाउन शुरु गरिएको एउटा वार्षिक कार्यक्रम भएकाे बताउनुभयाे। जसले स्कूलमा पढ्ने विद्यार्थीले दूध किन सेवन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने उहाँकाे भनाइ छ। बालबालिकामा पोषण, स्वास्थ्य र पढाइमा सुधार ल्याउन दूधको भूमिका माथि जोड दिएकाे समेत उहाँले जानकारी गराउनुभयाे ।
त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले स्कूल दूध कार्यक्रमले बालबालिकालाई नियमित रुपमा पौष्टिक दूध पहुँच सुनिश्चित गर्ने बताउनुभयाे। पोषण अभाव, हड्डी मज़बुत राख्न, प्रोटिन, क्याल्सियम, भिटामिन तथा अन्य खनिज पदार्थहरू प्राप्त गर्न मद्दत पुर्याउने उहाँकाे भनाइ छ । शिक्षा-अध्ययनमा सुधार गर्ने, तागत र स्वास्थ्य राम्रो हुँदा विद्यार्थीहरूले विद्यालयमा मन लागेर पढ्न सक्षम हुने उहाँकाे तर्क थियाे ।
त्यसैगरी, साेही कार्यक्रममा सबै सहभागीहरुले पोषण शिक्षा कार्यशाला, दूधका स्वास्थ्य फाइदाहरूका बारेमा सिकाइ गर्ने गतिविधि गरिन्छ, डेरी फार्म भ्रमण वा आवासीय भ्रमण कार्यक्रमहरु गरिने गरिन्छ, सामाजिक सञ्जाल, पोस्टर, जनचेतना अभियानहरू प्रयोग गर्ने र प्रेस रिलिज तयार गरी एक-दुई दिन अगाडिबाटै विभिन्न निकायलाई दूध तथा दुग्ध पदार्थ वितरण गरि विभिन्नहरु आयोजना गरिने गरिने बताएकाे हुन् ।
यसरी कार्यक्रम गर्दा सबैलाई दूधको महत्त्वको बारेमा सबैलाई थाहा हुने उनीहरुले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्