Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


काठमाडौंका विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य शुरू


1.6k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न चोकमा ६२ वटा हाई मास्ट लाइट जडान कार्य शुरु गरेको छ ।

३ वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको गरेको हो । जस अन्तर्गत अहिले सम्म सोह्रखुट्टे चोक, दरबारमार्ग लगायत १२ स्थानमा लाइट बाली सकेको छ ।

बडादशैं अघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले जनाएकाे छ । करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको काम पनि अगाडि बढेको र यसै वर्षभित्र काठमाडौं महानगर पूर्ण उज्यालो हुने अपेक्षा समेत महानगरले गरेको हाे ।