
काठमाडाैं । कास्कीमा एक घरबाट करिब ३५ लाख ९१ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट बुधबार बिहान सुनका गरगहना र नगद १ लाख ३५ हजार रुपैयाँ समेत गरी करिब ३५ लाख ९१ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएकाे हाे।
त्यसैगरी पोखरा महानगरपालिका-१७ पिपलतारा मार्ग बस्ने गीता पौडेलको घरबाट पनि सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख १५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको थियाे ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजीकार्य गरिरहेकाे छ । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्