Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


पहिराेकाे कारणले ५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध


520
Shares

काठमाडौँ ।

देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल-चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका(३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।