Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


टर्कीको कालो सागर क्षेत्रमा बाढीको वितण्डा


0
Shares

एजेन्सी ।

टर्कीएको उत्तरी कालो सागर क्षेत्रमा सोमवार ठूलो बाढीमा फसेका १७ जनालाई सैन्य हेलिकप्टरबाट उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाले यस क्षेत्रमा व्यापक क्षति पु¥याएको छ । शनिवारदेखि बाढीका कारण पहिरो र डुबान भएको छ । जसले राइज, गिरेसुन, आर्टभिन र ट्राब्जोन प्रान्तहरूमा सडक र पुलहरू भत्काएको छ ।

जसले गर्दा धेरै बासिन्दाहरू अलपत्र परेका छन् र ठूलो मात्रामा उद्धार कार्यहरू शुरु भएका छन् । राष्ट्रिय रक्षा मन्त्रालयले घोषणा गरेको छ कि ल्याण्ड फोर्स कमाण्डबाट दुई हेलिकप्टर र एयर फोर्स कमाण्डबाट एक हेलिकप्टर राइज पठाइएको छ । सबै १७ बासिन्दाहरूलाई सफलतापूर्वक बाहिर निकालिएको जनाएको छ । अधिकारीहरूले बाढी पछि राइजको उच्च भूभागका पठारहरूमा पहुँच अब हेलिकप्टरद्वारा कायम राखिएको बताएका छन् ।

यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले राइजलाई आपतकालीन कोषमा १ करोड ४० लाख लिरा ९लगभग ३३८,००० अमेरिकी डलर० छुट्याइएको बताउनुभयो । उहाँले ५६७ मेसिनरी र उपकरणहरूद्वारा समर्थित १ हजार ४ सय २८ कर्मचारीहरू प्रतिक्रिया र पुनःप्राप्ति प्रयासमा संलग्न रहेको पनि बताउनु भयो । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।