Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हो: ट्रम्प


1.3k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् र वार्ता गर्ने पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै ट्रम्पले धेरै शक्तिशाली देशहरूले हालै प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै यो हमासको क्रूरताको लागि पुरस्कार हुने टिप्पणी गरेका छन् ।

ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउँदै अब बन्धकहरूलाई रिहा गर्न हमासलाई आग्रह

उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गर्दै युद्ध रोक्न वार्ताको क्रममा संयुक्त राष्ट्र संघ आफुहरुको साथमा नरहेको बताए । उनले संयुक्त राष्ट्र संघको उद्देश्य के हो रु भनेर प्रश्न पनि गरेका थिए ।

ट्रम्पले संयुक्त राष्ट्र महासभाको ८० औं सत्रको लागि भेला भएका विश्व नेताहरूलाई आफ्नो युद्ध रोक्ने दाबी दोहोर्‍याए । उनले भने-केवल सात महिनामा, मैले सात कहिल्यै नसकिने युद्धहरू रोकें । यी मध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए । एउटा ३६ वर्षदेखि चलिरहेको थियो । एउटा २८ वर्षदेखि चलिरहेको थियो । यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल-इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया-अजरबैजान समावेश छन् ।

ट्रम्पले राष्ट्र संघले आफ्नो क्षमतामा पुग्न नसकेको भन्दै आलोचना गरेका थिए ।

बम

Skip This