Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कांग्रेसमा विशेष महाधिवेशनको माग, प्रतिनिधिले सुरु गरे हस्ताक्षर अभियान


2.2k
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहितका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्न माग हस्ताक्षर अभियान सुरु गरेका छन्।

प्रतिनिधिहरूले हालैको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै सभापति शेरबहादुर देउवालाई विगतका गल्तीहरूका लागि क्षमा मागी सुधारसहित पार्टीलाई अघि बढाउन आग्रह गरेका छन्।

विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन अपरिहार्य भएको भन्दै उनीहरूले प्रतिनिधिहरूलाई प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

केन्द्रीय समितिबाट यस्तो पहलको सम्भावना न्यून देखिएकाले प्रतिनिधिहरू आफैं अभियानमा जुटेका हुन्। विश्लेषकहरूले यो कदमलाई पार्टीभित्र नेतृत्व सुधार र लोकतान्त्रिक प्रक्रियाको सशक्त संकेतका रूपमा मूल्यांकन गरेका छन्।