
सिरहा । सिरहामा १५ वर्षीय एक किशोरको अपहरणपछि हत्या भएको छ ।
सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका परिवारले जनाएका छन् । रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्