Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने


806
Shares

एजेन्सी । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने ७ सदस्यीय बोर्डमा ६ जना अमेरिकी हुने बताउनुभएकाे हाे। उहाँले आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताउनुभयाे । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो। पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कंग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानून पास गरेको थियो।

अमेरिकी नीति-निर्माताले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डेटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए। तर राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफ्नो सन् २०२४ को चुनावी अभियानमा युवाबीच लोकप्रिय टिकटकलाई सक्रिय रूपमा प्रयोग गर्नुभएकाे थियाे ।