Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


1.5k
Shares

काठमाडौं ।

नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार एक सय रुपैयाँ बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको छ।

यसअघि सुन दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँ मूल्य बढेर तोलाको दुई हजार ६ सय २० रुपैयाँ पुगेको छ।